मेरो माइक्रोफाइनान्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 08:21:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha Limited  ले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले कर्तिक २९ गते शुक्रबार नुवाकोटको विदुर स्थित होटेल वाटर टावरमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विभिन्न ८ प्रस्ताव पेश हुने छन्   कम्पनीको संचालक समितिको बैठकले लगानीकर्तालाई कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभंश गरि कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ   । 

त्यस्तै कम्पनीले मर्जर र प्राप्तिको लागि आवश्यक निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्ने छ । सभामा सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने गरि एक जना संचालकको निर्वाचन समेत हुने छ  । 

सभा प्रयोजनको लागि कम्पनीले कार्तिक २० गते देखि बुक क्लोज गर्ने भएको छ  । कार्तिक १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved