बोटलर्सको दुवै कम्पनीको साधारणसभा आह्वान, एउटाले मात्र लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 08:48:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपाल लिमिटेड बालाजु र बोटलर्स नेपाल तराइ लिमिटेडले साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले कार्तिक २८ गते बिहिबार होटेल अन्नपूर्ण दरबारमार्गमा सभा आह्वान गरेका हुन् । तराईको सभा बिहान ११ बजे डाकिएको छ भने बोटलर्सको बेलुका ४ बजे डाकिएको छ 

दुवै कम्पनीले एक साथ साधारणसभा आह्वान गरेपनि बोटलर्स नेपाल तराईले मात्र लगानीकर्तालाई लाभांश दिने भएको छ । कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

दुवै कम्पनीले साधारणसभाको लागि कार्तिक १४ देखि कार्तिक २८ गतेसम्म बुक क्लोज गर्ने भएका छन् । यस हिसाबमा कार्तिक १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । 

यस्तो छ बोटलर्स नेपाल तराईको साधारणसभामा पेश हुने प्रस्तावहरु: 



बोटलर्स नेपाल लिमिटेड बालाजुको प्रस्ताव: 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved