शिवम सिमेन्टको साधारणसभा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 08:11:52 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टले आज कार्तिक ८ गते साधारणसभा गर्दै छ । कम्पनीले राष्ट्रिय सभा गृह, काठमाडौंमा सभा आह्वान गरेको हो

साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीको समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १५।७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) दिने प्रस्ताव गरेको छ । कम्पनीले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव साधारणसभाले पारित गरे पश्चात सेयरधनीमा लाभांश वितरण हुनेछ। 

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज २९ का लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ असोज २८ सम्म कायम सेयरधनीले मात्रै कम्पनीको साधारणसभामा भाग लिन र लाभांस प्राप्त गर्न सक्नेछन।  

त्यस्तै सभामा कम्पनीको चुक्ता पूँजीभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ। साथै सभाले आगामी ४ वर्षका लागि संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकहरुको निर्वाचन तथा मनोनयन गर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved