महालक्ष्मी विकास बैंकले डाक्यो साधारणसभा, ११ प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 10:50:01 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले साधारणसभा आह्वान गरेको छ। बैंकले कार्तिक २९ गते शुक्रबार मिनभवनको अल ईन वान मार्टमा सभा आह्वान गरेको हो । 

बैंकको सभामा लाभांश सहितका विभिन्न ११ प्रस्ताव पेश हुने छन् । बैंकले ८ प्रतिशत बोनस सेयर र ९.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै सभामा बैंकको संस्थापक र सर्बसाधारणबीचको शेयर संरचना अनुपात परिवर्तन गर्ने, संचालकको सुबिधा वृद्धि गर्न , मर्जर सम्बन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् । 

बैंकले सभा प्रयोजनको लागि कार्तिक २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १९ गतेसम्म कायम शेयरधनीले मात्र स्बह मा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

हाल बैंकको चुक्तापुंजी २ अर्ब ८४ करोड ४५ लाख छ। बैंकले २२ करोड ७५ लाख ६० हजार ९८ रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताब गरेको छ। लाभांश वितरण पश्चात बैंकको चुक्तापुंजी ३ अर्ब ७ करोड पुग्नेछ। 

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved