‘एनसिएचएल’को लाभांश पारित, अधिकृत पूँजी ५० करोड पुर्‍याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 02:05:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सधारण भासले कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय गरेको छ । 

साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले २३ करोड ७७ लाख ३५ हजार ७८६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था छ ।

आ.व. २०७५/७६ मा NCHL-ECC मार्फत कुल १ करोड १७ लाख ५५ हजार ७२ चेक राफसाफ भएको थियो भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीबाट ४९ लाख ३१ हजार ९५० तथा connectIPS e-Payment प्रणाली मार्फत १ लाख ८६ हजार ४१ भुक्तानी कारोबारहरु भएको थियो । कम्पनीले कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबार राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७ हजार ४७९ रहेको थियो ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक (१० प्रतिशत), बैंक तथावित्तीय संस्थाहरु (८० प्रतिशत) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. (१० प्रतिशत) द्वारा प्रवद्र्धित कम्पनी हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved