पूर्वाधार विकास बैंकको साधारणसभा आह्वान, ८ अर्बको आईपिओ पारित हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 08:37:18 AM मा प्रकाशित

laxmi  sunrise bank

देशको एक मात्र पूर्वाधार विकास बैंक, नेपाल इन्फ्रास्ट्रकचर बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २९ गते आइतबार काठमाडौँको लाजिम्पाट स्थित होटेल र्याडिसनमा सभा आह्वान गरेको हो ।

सभामा विभिन्न १० प्रस्ताव पेश हुने छन् । सभामा बैंकको चुक्ता पुंजीलाई १२ अर्ब बाट बढाएर २० अर्ब प्रस्ताव पुर्याउने प्रस्ताव पेश हुने छ । सो को लागि बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपिओ सर्वसाधारणलाई निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभाममा पेश गर्दै छ ।

यस्ता छन् सभामा पेश हुने एजेण्डा : 



बैंकमा नेपाल सरकार लगायत देशका  विभिन्न वाणिज्य बैकहरु, बिमा कम्पनीहरु तथा निजी क्षेत्रको लगानी रहेको छ ।  बैंकमा नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थागत लगानीकर्ताको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत शेयर रहेको छ ।  जस अनुसार संस्थापक लगानीकर्ताको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ शेयर पुँजी रहने छ ।  

बैंकको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागी आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, विक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने,  राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद«ामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजीङ्ग कारोवार गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी श्रोत परिचालन गर्ने, विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने रहेको छ । 

बैंकको स्थापना पश्चात नेपालको ठूला ठूला परियोजनामा लगानी गर्नका लागि पुँजी परिचालन हुने, नेपाल सरकार लगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि परियोजना तर्जुमा, मूल्याङ्कन तथा जोखिम व्यवस्थापन सम्बन्धमा  सर–सल्लाह प्रदान गर्ने, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि पुँजी परिचालन गर्न आवश्यक प्रवेशद्धारको रुपमा काम गर्ने र सरकारी तथा निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्साहित गरी देशको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य बैंकले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved