सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 08:52:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २१ गते शनिवार बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा सभा आह्वान गरेको हो । कम्पनीले सभा प्रयोजनको लागि मङ्सिर ५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । आज मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले मात्र  साधारणसभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

सभामा लाभांश सहितका विभिन्न ११ प्रस्ताव पेश हुदै छन् । कम्पनीले  आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट  १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरि कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १६ करोड ५० लाख रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पुंजी १८ करोड ६४ लाख पुग्ने छ । त्यसपछि कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

अन्य प्रस्तावमा कम्पनीको वित्तीय विवरणहरु पारित गर्ने, आवश्यकता बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, सर्वसाधारण समुह तर्फबाट २ जना संचालक नियुक्त गर्ने, मर्जर र प्राप्तिको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved