नेपाल एग्रो लघुवित्तको लाभांश स्वीकृत भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो। अब कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६ सय ७० रुपैयाँ बराबरको बोनस शेयर र त्यसको कर प्रयोजनको लागि थप ३ लाख ९३ हजार दुई सय ४५ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । अब कम्पनीको आगामी साधाराणसभाले पारित गरेपछी शेयरधनीले प्राप्त गर्नेछन् ।
कम्पनीले पुस १२ गते शनिवार कास्कीको न्यूरोडमा साधारणसभा आह्वान गरेको छ । सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन गर्ने एजेण्डा समेत रहेको छ ।