मर्जर पार्टनरको खोजीमा सिभिल बैंक, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2019 | 08:53:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकले पुस ६ गते आइतबार डिल्लीबजारको कालिकास्थान स्थित अमृतभोगमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका ५ प्रस्ताव हरु पेश हुने छन् । 

बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्ने भएको छ ।  

साधारणसभाको लागि बैंकले  मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved