आरम्भ माइक्रोफाइनान्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 09:10:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ९ गते बुधबार बनेपाको पन्चकन्या ब्यांक्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका ९ प्रस्ताव पेश हुने छन् 

कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ७.३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३८८४२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

त्यस्तै सभामा चौतारी लघुवित्तसंगको मर्जर प्रस्ताव पनि पारित हुने छ । चौतारी र आरम्भ १:१ को स्वाप रेसियोमा मर्ज हुन् लागेका हुन् । मर्जपछि संस्थाको नाम आरम्भ चौतारी लघुवित्त हुने छ भने संस्थापक र सर्वसाधारणको स्वामित्व ६३.६६:३६.३४ कायम रहेन छ । मर्जर प्रस्तावसहितका एजेण्डा पारित गर्न चौतारीले पनि सोहि दिन नै सभा आह्वान गरेको छ । 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved