मर्जरपछि नयाँ नेपाल लघुवित्तले हकप्रद जारी गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 08:27:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेपाल लघुवित्त Naya Nepal Laghubitta Bikas Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते शनिवार धुलिखेलको होटेल मिराबेलमा सभा आह्वान गरेको हो । 

कम्पनीले सभामा लाभांश सहितका विभिन्न ११ पेश हुने छ । कम्पनीले  २० प्रतिशतले हुन् आउने १ करोड ६८ लाख बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन् आउने ८ लाख ८४ हजार २ सय १० रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै कम्पनीले गाभ्ने गाभिने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समित लाई प्रदान गर्ने प्रस्ताव पनि पेश गर्ने छ । गाभ्ने गाभिने वा प्राप्तिपछि कायम हुने चुक्ता पुँजी शत प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । हाल कम्पनीको चुक्ता पुंजी ८ करोड ४० लाख रहेको छ । 

त्यस्तै सभामा वित्तीय प्रतिवेदन तथा विवरण पारित गर्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संशोधन गर्ने, संचालक नियुक्त गर्ने लगायतका प्रस्तव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीले साधारणसभामा पेश गर्ने विशेष प्रस्ताव:



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved