घोडीघोडा लघुवित्तले हकप्रद निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 10:27:23 AM मा प्रकाशित

laxmi  sunrise bank

घोडीघोडा लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते धनगढीको शुभश्री प्यालेसमा सभा आह्वान गरेको हो 

साधारणसभामा हकप्रद निष्काशन सहितका विभिन्न ९ प्रस्ताव पेश हुने छन् । कम्पनीले हालको चुक्ता पुंजीको २० प्रतिशतको दरले ५५ हजार २ सय ५० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्ने छ । त्यस्तै हकप्रदपछि पुँजी बढ्ने भएकोले जारि तथा चुक्तापुँजी ३ करोड ३१ लाख पुर्याउने प्रस्ताव पनि सभामा पेश हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ करोड ७६ लाख रहेको छ 

सभाले वित्तीय विवरणहरु पारित गर्नुको साथै संचालकहरुको लागि निर्वाचन समेत गर्ने छ । त्यस्तै कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश बनाउने, रेमिटेन्स सम्बन्धि काम गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, लगायतका विशेष प्रस्ताव पनि सभामा पेश हुने छन् 

पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved