हिमालयन डिष्टिलरी Himalayan Distillery Limited को लाभांश पारित भएको छ । कम्पनीको साधारणसभाले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ६३ प्रतिशत नगद लाभांश र ५० प्रतिशत वोनस शेयर पारित गरेको हो। त्यस्तै कम्पनीले यस अघि घोषणा गरेको ६८.४२ रुपैयाँ अन्तरिम नगद लाभांश गरी कम्पनीको कुल लाभांश १७१.०५ प्रतिशत भएको छ।
कम्पनीले आर्थिक बर्ष ७५।७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धि सहित ६ अरव ४४ करोड ११ लाखको संचालन आम्दानी गरेको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित.५३ करोड ७० लाखको खुद मुनाफा आर्जन गरेको छ । विगत ५ वर्षमा कम्पनीको संचालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको छ । कम्पनीले गत आ.व.मा अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भंसार शुल्क र पारिश्रमिक कर समेत गरी रु.४ अरव ३८ करोड ८० लाख राजश्व दाखेला गरेको छ ।