एनएमबि बैंकको साधारणसभा स्थल परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 10:56:42 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited को साधारणसभा स्थल परिवर्तन भएको छ ।  यस अघि तय भएको स्थान राष्ट्रिय सभा गृहले हल उपलब्ध गरौँ नसक्ने जानकारी गराएपछि स्थान परिवर्तन गरिएको बैंकले जनाएको छ  ।  

अब बैंकको साधारणसभा पुस २४ गते बिहान ११ बजे जावलाखेलको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा हुने छ   ।  सभामा लाभांश सहितका विभिन्न १२ प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफ बाट  २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

त्यस्तै कम्पनीको सभामा बार्षिक प्रतिवेदन पारित गर्ने, साविकको ओम डेभलपमेन्ट बैंकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संसोधन गर्ने, ६ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved