अरुण काबेलीले अर्को बर्ष लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 03:38:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावर लिमिटेडले  आगामी वर्षदेखि आफ्नो शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने जनाएको छ । कम्पनीको ९ औ साधारणसभालाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले  आगामी वर्षदेखि लाभांश उपलव्ध गराउने बताएका हुन्  । उनले निकट भविश्यमा जलविद्युत लगानी सम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने पनि बताए ।

मंगलबार सम्पन्न साधारणसभाले  आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरी बाह्य लेखापरिक्षक  नियुक्त गर्ने निर्णय गरेको छ । त्यसै गरी कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि–१ जलविद्युत आयोजना २५ मेगावाट सम्पन्न भई २०७६  असोज १६ गते परिक्षण उत्पादन र कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको जानकारी साधारणसभामा गराएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved