स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 11:03:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २४ गते बिहिबार स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेकोले लाभांश सुरक्षितको लागि आज अन्तिम दिन हो ।

कम्पनीले माघ १० गते बुटवलको  डार्सिज इन्टरनेशनल होटलमा सभा आह्वान गरेको छ । कम्पनीले  २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि योग्य लगानीकर्ताले यो लाभांश पाउने छन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३३.३३ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved