सिन्धु विकास बैंकको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 11:14:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited  को साधारणसभा स्थगित भएको छ।  आवश्यक गणपुरक संख्या नपुगेपछि बैंकले पुस २९ गते डोकेको दशौँ वार्षिक साधारण सभा स्थगित भएको हो  ।  

बैंकको कुल बाँडफाड भएको शेयरको ५० प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी साधारणसभामा शेयरधनी उपस्थित हुनु पर्नेमा सो उपस्थिति नभएपछि सभा स्थगित गर्नु परेको बैंकले जनाएको छ  । यस संगै बैंकको संचालक समितिको बैठकले साधारणसभाको लागि अर्को मिति घोषणा गर्ने छ  । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ११.५१ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने कार्यसुची थियो  । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved