सुपरदोर्दी इन्भेष्टमेण्ट कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत १ गते दिउँसो १२ बजे लमजुङको जिल्ला समन्वय समितिको सभा हलमा सभा आह्वान गरेको हो ।
साधारणसभामा कम्पनीले वार्षिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने विषय छलफल गरी पारित गर्ने जनाएको छ । त्यस्तै कम्पनीले विशेष प्रस्तावमा गाभ्ने गाभिने प्रस्ताव पनि पेश हुने जनाएको छ ।