आईपिओ निष्काशन प्रस्ताव पास गर्न सिंगटीले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2020 | 10:07:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ३० गते शुक्रबार चण्डोलको कुण्डलीनी ब्यांक्वेटमा सभा आह्वान गरेको हो । 

सभामा  वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत सर्वसाधारण र स्थानीयलाई आईपिओ जारि गर्ने, प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने र चुक्ता पुंजी भन्दा बढी कर्जा लिन अनुमति माग गर्ने प्रस्ताव पेश हुने छ । 

कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । कम्पनीले भदौ २० गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले कुल ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयको लागि र बाँकि २९ लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ । शेयरको सार्वजनिक निष्काशन सम्वन्धि सम्पुर्ण कार्य बिक्रि प्रबन्धकको रुपमा मेगा क्यापीटलले गर्नेछ ।

कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणा गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved