२ लघुवित्तलाई गाभ्न एनआरएनएले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 09:41:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर लगायतका प्रस्ताव पारित गर्न एनआरएन लघुवित्तले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले फागुन १६ गते शुक्रबार धनगढीको होटेल साथीमा सभा आह्वान गरेको हो  ।

साधारणसभामा कम्पनीले वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान प्रतिवेदन छलफल गरी  पारित गर्ने छ । त्यस्तै सभामा लेखापरिक्षक नियुक्ति गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने छ  ।

त्यस्तै सभामा मर्जर सम्बन्धि  विशेष प्रस्ताव समेत पेश हुने छ । सुदुरपश्चिमको कैलालीमा केन्द्रिय कार्यालय रहेको एनआरएनले कैलालीमै केन्द्रिय कार्यलय रहेको किसान लघुवित्त र काभ्रेको नमोबुद्ध नगरपालीकामा केन्द्रिय कार्यलय रहेको दिब्य लघुवित्तलाई गाभ्ने सम्झौता गरेको छ ।  मर्जपछि बन्ने संस्थाको नाम एनआरएन लघुवित्त हुने र संस्थाको अध्यक्ष र सिइओ पनि एनआरएन बाट नै हुने बताइएको छ । एनआरएन लघुवित्तले यसअघि नै रामारोशन लघुवित्त र क्रियटिभ लघुवित्तलाई मर्ज गरीसकेको छ । 

रामारोशन लघुवित्त र क्रियटिभ लघुवित्तको मर्ज अनुमोदन गर्ने  किसान र दिब्यलाई गाभ्ने समबन्धि प्रस्ताव पेश हुने छ । 

हाल एनआरएन लघुवित्तको चुक्ता पुँजी ३१ करोड रुपैयाँ रहेका छ । त्यस्तै गत आर्थिक वर्षको मुनाफाबाट २४ प्रतिशत बोनस शेयर दिएको किसान लघुवित्तको ११ करोड २४ लाख भन्दा माथि रहेको छ । दिब्य लघुवित्तको ७ करोड ७० लाख रहेको छ । मर्जरपछि बन्ने संस्थाको चुक्ता पूंजी ५१ करोड पुग्ने छ भने मर्जर पश्चात एफपिओ निष्काशन गर्ने सहमति भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved