अपि पावरले बोलायो साधारणसभा, फेरी हकप्रद दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2020 | 09:35:15 AM मा प्रकाशित

laxmi  sunrise bank


अपि पावर Api Power Company Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत ७ गते काकी व्याङक्वेट, बबरमहलमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीले साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ  । त्यस्तै नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ४६.७६ प्रतिशत मात्र हकप्रद निष्काशन अनुमति दिएकोले कम्पनीले त्यसपछि पुन हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ  । कम्पनीले शर्त सह्हित हकप्रद निष्काशन अनुमति पाएको हो । 

कम्पनीले ५ प्रतिशत बोनस र ४६.७६ प्रतिशत प्रतिशत हकप्रद पश्चात कायम हुने चुक्ता पुंजी १८१.७२३५ करोडको ९०.९६ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो  । २०० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गरेको कम्पनीले ४६.७६ प्रतिशत मात्रको अनुमति पाएपछि फेरी साधारणसभाबाट थप हकप्रदको लागि अनुमति माग गर्न लागेको हो  । कम्पनीले प्रस्ताव गरेको हकप्रदबाट पाएको रकमले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने बताएको छ । 

कम्पनीमा विदेशी लगानीलाई सहज बनाउनको लागि नियमावली तथा प्रबन्धपत्रमा संशोधन गरी अग्राधिकार सेयर सम्बन्धी व्यवस्था गर्ने प्रस्ताव समेत साधारणसभामा पेश गर्ने छ । त्यस्तै कम्पनीले गाभ्ने गाभिने सम्बन्धी व्यवस्था गर्न नियमावली संशोधन गर्नेछ । 

कम्पनीको सभाले शेयरधनीहरुबाट ५ जना संचालक निर्वाचन गर्नेछ । माथिल्लो चमेलिया जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट आवश्यक पर्ने कर्जा लिन संचालकलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

कम्पनीले सभा तथा लाभांशको लागि चैत १ गतेदखि सात गतेसम्म बुक क्लाज तोकेको छ ।  चैत ६ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिई लाभांश पाउने सक्ने छन्।  

यो पनि : 

२ शर्त सहित अपि पावरलाई हकप्रद निष्काशन अनुमति




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved