सिटिजन्स बैंकले बोलायो विशेष साधारणसभा सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 09:34:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड Citizens Bank International Limited ले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न पाँचौ विशेष साधारण सभा बोलाएको छ । बैंकले चैत १० गते अमृतभोग , कालिकास्थानमा दिनको १ बजे सेयरधनीहरुलाई बोलाएको हो ।

सभाले सहयोगी विकास बैंकको १ सय कित्ता सेयर बराबर बैंकको ९१ दशमलव ७६ कित्ता सेयर दिने गरी सेयर स्वाप रेशियो पारित गर्नेछ । दुई बैंक बीच गत असार २२ गते प्राप्ति सम्बन्धमा हस्ताक्षर भएको थियो । बैंकले सहयोगी विकासलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्व ६२ करोड २१ लाखबाट वृद्धि भई ९ अर्व ८ करोड ९८ लाख पुग्नेछ ।

बैंकले विशेष सभाको लागि चैत ३ गते एक दिन सेयरधनी दर्ता कित्ताब बन्द गर्न लागेको छ । चैत २ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved