गाभ्न गाभिन दुई लघुवित्तले बोलाए विशेष सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 09:18:58 AM मा प्रकाशित

laxmi  sunrise bank

गाभ्न र गाभिनको लागि मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited र स्वेडा लघुवित्तले विशेष साधारण सभा बोलाएका छन् । मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्न चैत १७ गते बनेपाको केन्द्रिय कार्यालमा सभा बोलाएको छ । त्यस्तै स्वेडा लघुवित्तले मिर्मिरे लघुवित्तसँग गाभिन सोही दिन सोही ससमयमा कम्पनीको केन्द्रिय कार्यालय धार्के धादिङमा विशेष सभा बोलाएको हो । 

सभामा प्राप्ति प्रयोजनका लागि गठित संयुक्त प्राप्ति समितिले सम्पती दायित्वको मुल्याङकन (डिडिए) गर्ने, प्राप्ति पछि कायम हुने चुक्ता पँुजीका आधारमा हकप्रद सेयर सेयर  जारी प्रस्ताव विशेष सभाले पारित गर्ने छ ।  मिर्मिरे लघुवित्तले विशेष सभाको लागि चैत ७ गतेदेखि १७ गतेसम्म बुक क्लोज गर्न लागेको छ । 

यि दुई कम्पनी बीच पुस २७ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहरा र स्वेडाका अध्यक्ष रिता देवकोटा बस्नेतले हस्ताक्षर गरेका थिए।सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम मिर्मिरे लघुवित्त रहने छ भने केन्द्रीय कार्यालय काभ्रे मै रहने छ । मर्जर पश्चात कम्पनी राष्ट्रियस्तरको लघुवित्त बन्ने छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved