कोरोना प्रभावले चार कम्पनीको साधारण सभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 10:02:06 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण चार कम्पनीले गर्न लागेको वार्षिक साधारण सभा स्थगित गरेका छन् ।  अपि पावर Api Power Company Limited , सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited , सहयोगी विकास बैंक Sahayogi Vikas Bank Limited  र सिटिजन्स बैंक Citizens Bank International Limited ले साधारण सभा स्थगित गरेको जानकारी दिएका छन् ।

 सरकारले २५ जनाभन्दा बढीको भेला हुन रोक लगाएसँगै कम्पनीहरुले अर्को सुचना प्रकाशित नभएसम्मको लागि साधारण सभा स्थगित गरेका हुन् । सहयोगी विकास बैंक र सिटिजन्स बैंकको शनिवार बसेको संचालक समितिको बैठकले साधारण सभा स्थगित गरेको हो । अपि पावर र सेन्चुरी कमर्शियल बैंकले  भने साधारण सभा स्थगितको सुचना सर्वाजानीक गरेका छन् ।

मितेरी डेभलपमेण्ट बैंकले २४ औं वार्षिक साधारण शनिवार सम्पन्न गरेको छ । बैंकले गोरखा किचन, धरानमा ३१ जना सेयरधनीहरु र सात जना संचालकहरुको उपस्थितमा सभा सम्पन्न गरेको बताएको छ ।  सभाले १८ दशमलव ५२५ प्रतिशत वोनस सेयर र करको लागि ०।९७५ प्रतिशत नगद लाभाँश पारित गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved