नेपाल इन्स्योरेन्स कम्पनी Nepal Insurance Company Limited ले ७१ औं वार्षिक साधारणसभा स्थगित गरेको छ । सरकारले कोरोना भाइरसबाट जोगिन एकै ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएसँगै साधारण सभा स्थगित गरेको जानकारी कम्पनीले दिएको छ।
कम्पनीले चैत २१ गते एयरपोर्ट होटलमा साधारण सभा बोलाएको थियो । कम्पनीले अर्को सुचना प्रकाशित नभएसम्मको लागि साधारण सभा स्थगित गरेको जनाएको छ । ।