नेको इन्स्योरेन्स Neco Insurance Company Limited को यस अघि स्थगित भएको साधारणसभा आगामी जेठ २३ गते शुक्रबार हुने भएको छ । कम्पनीले आफ्नै भवनमा ज्ञानेश्वरमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।
कम्पनीले सभामा लाभांश लगायतका प्रस्ताव पेश गर्ने छ । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले यस अघि बैशाख १ मा सभा आह्वान गरेपनि कोरोना भाइरसको कारण जोखिम बढेको भन्दै स्थगित भएको थियो । अब भने कम्पनीले आवश्यक सुरक्षा नीति अपनाएर सामाजिक दुरी कायम गरी सभा गर्न लागेको हो । कम्पनीले सभामा आउनेहरुलाई मास्क र पन्जा अनिवार्य गरेको छ भने कुर्सिहरु १ मिटरको दुरीमा राखिने जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३१ करोड ७४ लाख रहेको छ ।