बिजपाटी सम्बाददाता     Jun 02, 2020 | 09:43:28 AM


सिटिजन्स बैंक Citizens Bank International Limited  ले यस अघि स्थगित भएको विशेष साधारणसभा आह्वान गरेको छ ।  बैंकले यस अघि चैत्र १० गते तय भई स्थगित भएको विशेष साधारणसभा आगामी यथ २७ गते गर्ने निर्णय गरेको हो ।  

बैंकको सभा प्रधान कार्यालय दरबारमार्ग स्थिति वेबिनार मार्फत हुने भएको हो । सभामा  सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पेश हुने छ । सभाले सहयोगी विकास बैंकको १ सय कित्ता सेयर बराबर बैंकको शुन्य दशमलव ९१७६ कित्ता सेयर दिने गरी सेयर स्वाप रेशियो पारित गर्नेछ ।

सभाले प्राप्ति सम्बन्धि कार्य गर्न  सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्ने छ । दुई बैंक बीच गत असार २२ गते प्राप्ति सम्बन्धमा हस्ताक्षर भएको थियो । बैंकले सहयोगी विकासलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्व ६२ करोड २१ लाखबाट वृद्धि भई ९ अर्व ८ करोड ९८ लाख पुग्नेछ ।

चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका