नेपाल इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 11:05:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनी Nepal Insurance Company Limited ले यस अघि कोरोना महामारीको कारण स्थगित भएको साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार ५ गते साधारण सभा आह्वान गरेको हो । कम्पनीको सभा कमलादी स्थित कम्पनीको पुरानो भवनमा हुने छ ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, सामुहिक लगानी कोष योजना संचालन गर्ने गरि उदेश्य थप गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले साधारण सभाको लागि  चैत ४ गतेदेखि २१ गतेसम्म बुक क्लोज तोकेको छ ।  चैत ३ गतेसम्म कायम सेयरधनीहरले सभामा भाग लिन र प्रस्ताव गरेको लाभाांश पाउन सक्नेछन् । 

कम्पनीले यस अघि चैत्र २१ मा सभा आह्वान गरेकोमा सरकारले लकडाउन जारी गरेपछि सभा रोकिएको थियो । यस पटक हुने सभामा  शेयरधनीलाई भिडियो कन्फरेन्स मार्फत मतब्या राख्न दिईने कम्पनीले जनाएको छ । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved