सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 09:45:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्स Siddhartha Insurance Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २८ गते बोलाएको साधारणसभा कोरोना भाइरसको कारणले सिर्जित परिस्थितिले स्थगित भएपछि नयाँ मिति तय गरेको हो ।

अब कम्पनीको सभा आगामी असार १३ गते शनिवार कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा हुने छ । कम्पनीको सभाले वित्तीय विवरणहरु पारित गर्नुको साथै लेखापरिक्षक नियुक्त गरी सर्वसाधारण तर्फबाट १ जनाको संचालक निर्वाचन गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश नदिने भएको छ । 

चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । सभामा उपस्थिति जनाउँदा कोरोना सक्रमणबाट छन् आवश्यक सुरक्षा अपनाईने र कम्तिमा १ मिटरको दुरीमा आसन ग्रहण गराईने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved