एक्सेलको साधारणसभा आह्वान, लाभांश र हकप्रद प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2020 | 03:12:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेण्ट बैंक Excel Development Bank Limited साधारणसभा आह्वान गरेको छ । बैंकले असार १४ गते सभा आह्वान गरेको हो । बैंकले यस अघि चैत्र २० गते सभा बोलाएकोमा लकडाउनको कारण स्थगित भएको थियो । 

साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १७ दशमलव १० प्रतिशत वोनस सेयर र करको शुन्य दशमलव ९० प्रतिशत नगद लाभांश पारित गर्ने छ। त्यस्तै कम्पनीले हक्र्पद प्रस्ताव समेत सभामा पेश गर्ने छ ।  कम्पनीको १३ औं सभाले ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हालसम्म सो हकप्रद निष्काशन गरेको छैन । अब, कम्पनीले वोनस सेयर वितरणपछि कायम हुने पुँजीको आधारमा  ३० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव सभामा राखेको छ । 

सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा होटल बास खर्च सम्बन्धमा छलफल गर्ने, रिक्त रहेको संचालक पदमा बाँकी अवधीको लागि संचालक चयन गर्ने र स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने छ । 

कम्पनीले सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थामा एक आपसमा गाभ्ने गाभिने अधिकारमा निर्णय गर्न संचालक समतिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुने छ ।  कम्पनीले साधारण सभाको लागि चैत ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको थियो ।  चैत्र ६ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved