एनएमबि बैंकले डाक्यो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 10:00:31 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले असार २१ गते आइतबार विशेष साधारणसभा आह्वान गरेको हो ।

बैंकले कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नको लागि सभा आह्वान गरेको हो  २ बैंकबीच गत माघ २६ गते प्राप्ति समबन्धि सम्झौता गरेको थियो।  सभाले स्वाप रेसियो, डिडिए प्रतिवेदन, र प्राप्ति समबन्धि आवश्यक कार्य गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने छ।  एनएमबीले कन्चनलाई १००:८५ को स्वापमा प्राप्ति गर्न लागेको हो। अर्थात् कन्चनका लगानीकर्ताले आफ्नो १०० कित्ता शेयर बराबर एनएमबिको ८५ कित्ता शेयर पाउने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि असार १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । असार ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

गाभ्ने गाभिने प्रस्ताव पारित गर्न कन्चनले पनि सोहि दिन विशेष साधारणसभा आह्वान गरेको छ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved