मर्जमा जान लागेको आँधिखोला लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 11:26:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २२ गते सोमबार वालिङमा रहेको होटेल गाउँवेशीमा सभा आह्वान गरेको हो। 

सभामा आर्थिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति समबन्धि प्रस्ताव पेश हुने छ । साथै सभाले सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन समेत गर्ने छ । विशेष प्रस्ताव अन्तर्गत सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने छ ।  

धौलागिरि लघुवित्तसंग मर्जमा जान लागेकोले कम्पनीको शेयर कारोबार २०७६/९/३ देखि नै बन्द रहेपनि साधारणसभा प्रयोजनको लागि कम्पनीले २०७७/३/८ देखि २०७७/३/२२ सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

स्याङ्गजाको बयरघारीमा केन्द्रिय कार्यलय रहेको आँधिखोला र बाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरिबीच पुष २ गते मर्जर सम्झौता भएको थियो । मर्जर पश्चात बन्ने लघुवित्तको नाम 'धौलागिरी आधीँखोला लघुवित्त' हुनेछ भने केन्द्रिय कार्यालय पोखरामा रहनेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved