वोमी लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2020 | 08:54:47 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त वित्तीय सस्था Womi Microfinance Bittiya Sanstha Limited ले यस अघि स्थगित भएको आठौं वार्षिक साधारणसभा पुन: आह्वान गरेको छ । कम्पनीले आगामी असार १९ गतेको लागि सभा आह्वान गरेको हो । 

यस अघि कम्पनीले चैत १६ गते साधारण सभा बोलाएकोमा कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले स्थगित भएको थियो । 

 साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले २५ प्रतिशत वोनस र कर प्रयोजनको लागि १ दशमलव ३१६ प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्ने छ । कम्पनीको सभाले संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण २ जना गरी ६ जनाको संचालक निर्वाचन गर्नेछ । सभामा संचालहरुको बैठक भत्ता पुनरावोलकन गर्ने तथा अरु वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी कार्य गर्न संचालकलाई अख्तियारी दिनेप्रस्ताव पेश हुने छन्  । 

कम्पनीले साधारण सभाको लागि सेयरधनी दर्ता किताब फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बन्द गर्न लागेको छ । फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले लाभाँश पाउन तथा सभामा भाग लिन पाउनेछन् । 



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved