स्वरोजगारद्वारा जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित, शतप्रतिशत हकप्रद आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 09:59:06 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha Limited ले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको विशेष साधारणसभाले  जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो । 

 स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई १००:७० को स्वापमा गाभ्न लागेको हो । हाल स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार छ भने जनकपुर लघुवित्तको चुक्ता पूँजी ३ करोड ४७ लाख ५० हजार रुपैंया छ । कम्पनीले जनकपुरलाई गाभेपछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशत हकप्राद निष्काशन प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । 

प्राप्तिपछि स्वरोजगार कै नामबाट एकिकृत कारोबार हुनेछ भने केन्द्रीय कार्यलय हाललाई बनेपा र पछि काठमाडौँमा सारिने उल्लेख छ । साधारणसभाले यस मर्जर तथा प्राप्ति प्रयोजनको लागि आवश्यक पर्ने सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिएको छ ।प्राप्तिपछि  स्वरोजगार लघुवित्तको सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत तथा निजहरुको कार्यकाल यथास्थिती रहने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved