महिला सहयात्रा लघुवित्तको लाभांश पारित, अधिकृत पुँजी ४० करोड कायम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2020 | 02:36:43 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला सहयात्रा लघुवित्त Mahila Sahayatra Microfinance Bittiya Sanstha  को सातौँ वार्षिक साधारण सभा आज शनिवार सम्पन्न भएको छ । सभाले लाभांश सहितका विभिन्न प्रस्ताव पारित गरेको छ ।

सभाले २०७५÷०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिमको चुक्ता पुँजी १२ करोड १० लाखको ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पु्याउने बिशेष प्रस्ताव  समेत पारित गरेको छ । संस्थाको बोनस पश्चात चुक्ता पुँजी १३ कारोड ३१ लाख हुने छ । 

राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखा कार्यालय मार्फत ३५ हजार भन्दा बढी सदस्यहरुलाई लघु वित्त सेवा तथा ग्राहक सदस्यहरुलाई  स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिदै  आएको छ । संस्थाले २०७७ असार सम्म ३३ करोड ४१ लाख निक्षेप परिचालन गर्नुका साथै १ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved