प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा स्थल परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 08:37:17 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company  को अठारौँ वार्षिक साधारण सभास्थल परिवर्तन भएको छ । कम्पनीको सभा  कम्पनी कै रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा हुने भनिएकोमा अब बाराको सिमरा स्थित होटेल इच्छा प्राइभेटमा हुने भएको हो  । 

कम्पनीको सभा भाद्र २६ गते हुने छ । सभामा कम्पनीले शेयरधनीको स्वामित्व परिवर्तन गर्ने लगायतका विभिन्न प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्व ८० प्रतिशतबाट घटाएर ६० कायम गर्ने र सर्बसाधारणको स्वामित्व २० प्रतिशतबाट बढाएर ४० प्रतिशत कायम गर्ने प्रस्ताव पेश गर्ने छ । त्यस्तै सभाले ४ जना संचालकको नियुक्ति गर्ने,  वित्तीय विवरण र लेखापरिक्षक प्रतिवेदन पारित लगायतका प्रस्ताव पनि सभामा पेश गर्ने छ।

कम्पनीले आव २०७५/७६ को लागि बोनश शेयर तथा नगद लाभांश प्रताव नगरिएको जनाएको छ। कम्पनीले एनएफआरएस बमोजिम वित्तीय विवरण तयार पार्दा जगेडा र तथा ब्यबस्थाहरु कायम गर्नुपर्ने भएकोले लाभांश दिन नसकिने जनाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved