नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, हकप्रदलाई निरन्तरता प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2020 | 09:58:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंक Narayani Development Bank  ले साधारणसभा आह्वान गरेको छ । बैंकले असोज १६ गते शुक्रबार चितवनको रत्ननगर स्थित स्टार बयाक्वेटमा सभा आह्वान गरेको छ । 

सभामा संचालक समितिको प्रतिवेदन पेश गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान लगायतक हिसाब , अनुसूची र वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने छ । 

त्यस्तै सभामा यस अघि नै पारित भईसकेको १:१ बराबरको हकप्रद निष्काशन प्रस्तावलाई अनुमोदन गरि निरन्तरता दिने प्रस्ताव पेश हुने छ । त्यस्तै चुक्ता पुँजी ५० करोड पुर्याउनु पर्ने भएकोले सोहि अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै मर्जर तथा प्राप्ति सम्बन्धि निर्णय गर्ने अधिकार संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved