सानिमा बैंक लिमिटेड Sanima Bank Limited ले बार्षिक साधारणसभा आब्हान गरेको छ । बैंकले यहि कात्तिक २८ गतेको लागि आफ्नो १६ औं बार्षिक साधारणसभा आब्हान गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से मार्फत जनाइएको छ ।
बैंकले २८ गते आब्हान गरेको बार्षिक साधारणसभाको लागि कात्तिक १७ गतेलाई बुक क्लोज गर्ने निर्णय गरेको छ । यस निर्णयअनुसार कात्तिक १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र बैंकले गत आर्थिक बर्षको मुनाफाबाट दिने लाभांश प्राप्त गर्न तथा बार्षिक साधारणसभामा सहभागी हुन् पाउनेछन ।
बार्षिक साधारण सभा अम्रापाली ब्यान्केट बालुवाटारमा डाकिएको भएपनि कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर लगानीकर्तालाई भर्चुअल उपस्तिथीको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैकात्तिक २८ गते बिहान ११ गते साधारणसभाको मिति तय गरिएको छ ।
अन्य एजेन्डा सहित बैंक संचालक समितिले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस र कर प्रयोजन सहित ३ ।६० प्रतिशत नगद लाभांश प्रस्ताव साधारणसभामा पेश हुनेछ ।
त्यस्तै साधारणसभाका अन्य एजेन्डामा बैंकको अधिकृत पुंजी ९ अर्बबाट वृद्धि गरेर १२ अर्ब पुर्याउने, हालको जारी तथा चुक्तापुंजी ८ अर्ब ८० करोडलाई वृद्धि गरि ९ अर्ब ६० करोड पुर्याउने, २०७६७७ को बास्लात स्वीकृत गर्ने, कुनै बैंक वित्तीय संस्थालाई मर्जर वा प्राप्ति गर्नलाई संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायत छन् ।