सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 04:36:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले चौधौं बार्षिक साधारणसभाको मिति तय गरेको छ। बैंकको आज बसेको संचालक समितिको बैठकले मङ्सिर २० गतेको लागि बार्षिक साधरण तय गरेको बैंकले जनाएको छ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने जनाएको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशतका दरले हुन आउने रु. ७२,७१,८५,३८३.१८ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने रु.२७,२६,९४,५१८.६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ । 

बैंकले आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

साधारणसभा प्रयोजनार्थ बैंकले मङ्सिर ११ गतेको लागि बुक क्लोज मिति तय गरेको बैंक स्रोतले जनाएको छ । मङ्सिर ११ गते बुक क्लोज मिति तय भएकाले मङ्सिर १० सम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन भने साधारणसभामा भाग लिन पाउनेछन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved