माछापुच्छ्रे क्यापिटलले कृति क्यापिटललाई गाभ्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 07:34:09 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे क्यापिटल Machhapuchchhre Bank Limited  ले कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्सलाई गाभ्ने भएको छ । बिहीबार बसेको कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट कृति क्यापिटललाई गाभ्ने सम्बन्धी प्रस्ताव पारित भएको हो ।

उक्त दूई कम्पनीहरु एक अर्कामा गाभिएपछीको नाम 'माछापुच्छ्रे कृति क्यापिटल' हुने जनाइएको छ । 

यस्तै सो सभाले आर्थिक वर्ष २०७६।०७७ को वासलात, नाफा नोक्सान वार्षिक प्रतिवेदन पारित गरेको छ । यसका सार्थै कम्पनीको संचित मुनाफा १ करोड ३६ लाख ३९ हजार रुपैयाँ मध्येबाट चुक्ता पूँजीको ६.४ प्रतिशतका दरले हुनआउने रकम १ करोड २८ लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved