बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited को लाभांश पारित भएको छ । सोमबार बसेको बैंकको साधारण सभाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
बैंकको आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २८ गतेदेखि मङ्सिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । कार्तिक २७ गतेसम्म शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बैंकले प्रस्ताव गरेको लाभांश पाउँने छन् ।
बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत सोवा दिदै आइरहेको छ ।