सिविआईएल क्यापिटलको १४ औं साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 03:24:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिविआईएल क्यापिटल CBIL Capital  को १४ औँ साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले प्रस्तावित साधारण प्रस्तावहरु अन्तर्गत आर्थिक वर्ष २०७६।७७ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७६।७७ को लेखापरिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तिय विवरण पारित गरेको कम्पनीले जनाएको छ । आगामी आर्थिक वर्ष २०७७।७८ का लागि लेखा परीक्षण समितिको सिफारिसमा साविकका लेखा परिक्षक सुबोध एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गरेको छ । 

साथै, आर्थिक वर्ष २०७६।७७ को संचित मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई संचालक समितिले प्रस्ताव गरे बमोजिम दश प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved