भारतको कोलकातामा ‘हिमालय सुन्तला महोत्सव’ अग्रभागमै नेपालका पाँच स्टल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2018 | 11:20:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालल सहित हिमालय शृङ्खलामा जोडिएका देशमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा तीन दिवसीय ‘हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल (सुन्तला महोत्सव)’ शुरु भएको छ । भारतको एशोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमद्वारा आयोजित सो महोत्सव मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ । कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्याल र पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवले शुक्रबार साँझ कोलकाताको साल्ट लेकमा महोत्सवको उद्घाटन गरे ।
महावाणिज्यदूत अर्यालले नेपाल संसारकै ठूलो प्राकृतिक सङ्ग्रहालय भएको दाबी गर्दै भारतीय पर्यटकलाई नेपाल घुम्न आग्रह गरे । सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको बताउँदै उहाँले द्विदेशीय पर्यटन प्रवद्र्धनका लागि ‘रामायण सर्किट’ र ‘बुद्ध सर्किट’को अवधारणा संयुक्त रूपमा अघि सारिएको बताए ।
महोत्सवमा नेपाल, भारत, भूटान र म्यानमारका ग्रामीण पर्यटनसँग आवद्ध दर्जनौँ सङ्घ संस्थाका स्टल छन् । तीन दिनमा करीब एक लाख पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवस्थलको अग्रभागमै नेपालका पाँच स्टल राखिएका छन् । ती स्टलमध्ये इलामको सलकपुर, धनकुटाको खोकु र भोजपुरको सुन्तला धेरैले रुचाएका छन् ।
कार्यक्रममा सहभागी हुन प्रदेश नं १ बाट ग्रामीण पर्यटनसँग आवद्ध होटल व्यवसायी, ट्राभल व्यवसायी, सामुदायिक घरबास सञ्चालक, नृत्यकार, चित्रकार र सञ्चारकर्मी गरी ८२ जनाको टोली कोलकाता पुगेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । नेपालका तर्फबाट सहभागी ताप्लेजुङको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले नेपालको कृषि उत्पादन र ग्रामीण पर्यटनको प्रचारप्रसारका लागि महोत्सव फलदायी हुने विश्वास वयक्त गरे ।
नेपाली स्टलहरुमा सुन्तला, अलैँची, अदुवा, ग्रीनटी, जिम्मु, छुर्पी, अल्लोको कपडा, ढाकाको कपडा, कोदोको पिठोलगायतका कृषि उत्पादनका साथै प्रदेश नं १ का विभिन्न पर्यटकीयस्थल र सामुदायिक घरबासको प्रचारका सामग्री राखिएका छन् । एशोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमका अध्यक्ष राज बसुले नेपाल, भारत, भूटानलगायत हिमालय क्षेत्रका मुलुकलाई सुन्तला महोत्सवले पर्यटन विकासमा टेवा पुग्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved