चीनमा कृषि पढ्ने विद्यार्थीको कोटा बढाईदिन नेपाल सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 03:59:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् । 

मन्त्रि खनाल र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी बीच भएको भेट बार्तामा खनालले पछिल्लो दिनमा निकै थोरै सङ्ख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेकाले त्यो सङ्ख्या बढाउन आग्रह गरेको हो । 

आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बढाउन सके अन्य मुलुकमा रोजगारी गर्न जानेको सङ्ख्या घट्ने र त्यसले कृषिलाई नै टेवा पुग्ने  मन्त्री खनालको भनाई छ । 

उनले नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजार चीनमै बनेकाले त्यसको अध्ययनका लागि पनि पढाइ र तालीम फलदायी हुने विश्वास व्यक्त गरे । 

नेपाली कृषकका लागि आधुनिक कृषि तालीमको व्यवस्था गर्न आग्रह गर्दै चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने गरी गत पुस ४ गते  सहमति भइसकेको छ । 

उक्त परियोजनाका लागि नेपालका किसान र प्राविधिक कर्मचारी गरी कूल ६० जनालाई चीनमा र अन्य २४० किसानलाई नेपालमै तालीम दिइने सहमति भएको छ । 

मन्त्री खनालले कृषि क्षेत्रमा सहयोग आदानप्रदान गर्न कृषि मन्त्रालय, परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच समन्वयकारी भूमिका निर्वाह गर्न एक कार्यदल बनाउन प्रस्ताव गरेका छन् । 

जवाफमा राजदूत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्न चीन तयार रहेको बताएका छन् । उनले  नेपाल र चीनबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । 

चीनले कृषि र प्रविधिमा निकै फड्को मारेको बताउँदै राजदूत होउले एक असल छिमेकीको नाताले त्यो सीप नेपालका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरेका छन्  ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved