कर्णालीका किसानको दुखेसो: ओली र प्रचण्डले गर्दा हाम्रो मार्सी चामल बिक्नै छाड्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 17, 2019 | 12:26:14 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०७४ फागुन ६ गते एउटै टेबलमा खाना खाइरहेको तस्बिर सार्वजनिक भएको थियो। सो दिवाभोज झापाका मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेका थिए।

त्यो बेलादेखि नाम समेत थाहा नभएकाहरुले मार्सी चामलबारे थाहा पाए। यसरि चर्चित बनेको मार्सी चामल काठमाडौंमा आयोजना गरिएको कर्णाली  एक्स्पोमा पनि धेरैको चासोको विषय बनेको छ। 

बजारमा चर्चा भएअनुसार कर्णाली एक्स्पोमा पनि मार्सी चामलमा अवलोकनकर्ताको आकर्षण बढेको छ तर चर्चा भएअनुसार मार्सी चामलको बिक्रि नहुँदा कर्णालीदेखि मार्सी चामल बेच्न कर्णाली एक्स्पोमा सहभागी भएका किसानहरु भने दुखित छन। मार्सी चामलको चर्चाले व्यवसाय नै  अप्ठ्यारोमा परेको उनीहरुको गुनासो छ। 

कर्णालीलाई समृद्ध बनाउने अभियानको थालनीका रुपमा काठमाडौँमा आयोजना गरिएको एक्स्पोमा कर्णालीका विभिन्न ठाउँमा उत्पादित कृषि उपजको प्रदर्शनी भईरहेको छ। यसमा कर्णालीका विभिन्न सांस्कृतिक प्रदर्शनसँगै कृषि उत्पादन पनि राखिएको छ। धेरैको चाँसो मार्सी चामलमा नै देखिन्छ तर बजार पाउने अपेक्षा गरिएको ‘मार्सी चामल’ले सोचेजस्तो व्यापार गर्न नसकेको भेटिएको छ। 

‘हामीकहाँ उत्पादन भएका चिज बस्तुको उचित्त बजार छैन । यसो भनेर उत्पादन नै नगरौँ भन्न खोएिको होईन । तर राज्यले किसानले उत्पादन गरेका कृषि उपजको बजार तोकिदिनु पर्छ । उत्पादन छैन भन्दै विदेशबाट आयातित खाद्यान्न प्रयोग बढेको बढ्यै छ, व्यापार घाटाले चुली नाघिसक्यो ।’  कर्णाली एक्स्पोमा सहभागी किसानको भनाई 

जनज्योति मा.बि. भोटेचौरबाट मार्सी चामलको स्टल राखेका श्याम तामाङ एक्स्पोमा मार्सी चामलले बजार नपाएको गुनासो गर्छन। स्टल अवलोकनका लागी आउनेहरुले मार्सीलाई गर्ने टिप्पणीले उनको मन दुखेको छ। आफ्नै देशमा उत्पादन हुने चामललाई उपेक्षा गरिदा उनी खिन्न छन्। 

‘स्टल हेर्न आउनेहरुले मार्सी चामललाई यो त नेपालका नेताहरुले खाने चामल हो, यो त फटाहाहरुले खाने चामल पो हो त! हामीले किन लिने भनेर टिप्पणी गर्नुहुन्छ’ उनले दुखि हुँदै भने, ‘मिडियामा मार्सी चामलबारे भएको प्रचारले हामीलाई चाँही घाटा भयो।’ अहिले ठूला बडाले खाने चामल रहेछ भनेर मार्सी चामलको प्रचार प्रसार भएको प्रति उनको दुखेसो छ। 

अघिपछि लुछाचुडी हुनेगरी बजारबाट खरिद गर्नेहरुले पनि एक्स्पोमा गएर ‘फटाहाहरु’ले खाने चामल भनेर खरिद नगर्दा हुम्लाबाट काठमाडौँ ल्याईएको मार्सीले बजार पाउन सकेको छैन। यसले मार्सी चामल उत्पादन गर्नेहरु कर्णालीका किसानको मनमा चिसो पसेको छ । 

एक्स्पोमा खाना समेत खुवाईरहेका दिपक बुढा पनि मार्सीको बजारसँग सन्तुष्ट देखिएनन। खाना समेत पकाएर खुवाउने भएकाले अन्य स्टलको तुलनामा उनको स्टलमा भिड नै देखिन्छ। तर मार्सी बाहेकका परिकारमा मात्र मानिसको भिड छ। उनले भने,‘मार्सी जसरी बिक्छ भन्ने सोचेका थियौँ त्यसरी बिकेन, हामीले ल्याएको सबै बिक्दैन थाहा भईसक्यो, अब पसलहरुमा बेच्ने हो ।’

एक्स्पोकै लागी भनेर कर्णालीबाट क्विन्टल बराबर मार्सी चामल काठमाडौँ ल्याइएको किसानहरुको भनाई छ। अहिले एक किलोग्रामको १४५ रुपैयाँमा पनि विक्रि भएको छैन । काठमाडौँमा हत्तपत्त नपाइने ढिकिमा कुटेर ल्याईएको कालै दाना देखिने मार्सी काठमाडौंबासिको दैलोमा नै आइपुग्दा समेत बिक्रि नहुँदा किसानहरु दुख बढेको छ।

‘कर्णालीका किसानले फलाएको चामलले राजधानीमा उपेक्षित हुनु परेको छ, अनि कर्णालीबासीले कसरी सम्मान पाउने?’ एक्स्पो अवलोकनका लागी कालिकोटबाट आएका एकजनाले भने ‘नेताको नाम जोडिनासाथ चामलप्रति नै वितृष्णा जाग्नु गलत हो, विचरा यसमा चामलको के दोष ? आफ्नोमा फलेको चिज खानलाई नेताले खाए नि, अरु फटाहाहरुले खाए नि किन लाज मान्नु ?’ 

जारी एक्स्पोमा मार्सी चामलसहितको च्याङ्ग्राको विर्यानी भने अवलोकनकर्ताको रोजाई बनेको छ। ३५० रुपैयाँ तिरेर विर्यानी खानेको लाईन छ । तर प्याकेटमा प्याक गरिएको मार्सी भने आम मानिसको रोजाई बन्न सकेन। एक्स्पोमा मार्सी चामलले सोचे अनुसार बजार नपाएपछि उनीहरुले ओली प्रचण्डलाई दोषी मानेका छन। उनीहरुले खाएको फोटो सार्वजनिक भएर नै आफूहरुको पसिनाले बजार पाउन नसकेको र मार्सीलाई फटाहाहरुले खाने चामलको रुपमा लिईएको उनीहरुको दाबि छ।


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved