इजरायलबाट कृषि प्रविधि ल्याउँदैछुः प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 04:54:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले उमेर भईदिएको भए ५० वर्ष शासन चलाउथेँ भनेका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘हाम्रो काठमाडौं, हामी बनाउँछौँ’कार्यक्रममा ओलीले तानाशाह नबनी ५० वर्ष शासन चलाउने चाहाना व्यक्त गरेका हुन् । 

उनले भने, ‘हेर्दाहेर्दै राजनीति गरेकै ५४ वर्ष बितेछ । उमेर भएको भए ५० वर्ष शासन चलाउँथे, तर तानाशाह बनेर होइन नि ।’ 

देश बनाउनु पर्छ भन्‍ने अठोटका साथ २०७२ फागुन ४ गते ‘मै बनाउँछु मेरो धरहरा’ अभियान सुरू गरेको स्मरण गरे । उनले भने, ‘शिशिर योगी देश बनाउने मान्छे खोज्दै गीत गाउँदै हुनुहुन्थ्यो । मैले भनेँ यो देश बनाउने मान्छे तपाईं नै हो ।  म बनाउँछु मेरो धरहरा यसर्थ भनेँ मेरो देश भन्ने भावना नभएर देश बनेन । मैले देश बनाउँछु भनेर अठोट नलिएकाले बनेन ।’ 

चीनलाई ४० वर्षअघिसम्म भात खुवाउन नसक्‍ने प्रसंग कोट्याउँदै ओलीले भने, ‘एक अर्ब ४० करोडलाई भात खुवाउन हाम्रो देशको सिंगै बजेट लाग्थ्यो, १५ खर्बजति । १९४७ मा बनेका देश, त्यतिबेला आधापेट खान्थे, अहिले चार छाक खाएर दुई गुणा बेच्छन्, मरुभूमि हराभरा छन् ।’

‘युवाहरूलाई बताउँ इजरायलबाट कृषि प्रविधि ल्याउँदैछु’, ओलीले भने, ‘अरु देशमा तेल भएका ठाउँमा तेल मात्रै छ । यहाँ त ढुंगा पनि शिलाजित छ । सुनदेखि फलाम खानीसम्म छ । माटो सिम्रिक बन्छ । झार पनि तुलसी बन्छ । पूजा गरे पनि भयो, घाँटीमा कण्ठी लगाए पनि भयो ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved