पैसाको आशमा पानीमा भिज्दै उखु किसान (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 03:59:37 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा ह्वात्तै बढेको चिसोमा उखु किसानहरु भूक्तानी पर्खिरहेका छन् । गाउँ गाउँमा सिंहदरबारको हल्ला फिँजाएर दरबार छिरेकाहरु चुनाव जितेपछि गाउँ फर्किएनन् । उखु किसानलाई काठमाडौँ आउने रहर खासै थिएन, आफ्नै खेतमा उखु सपार्ने र कृषिमा मूलुकलाई आत्मनिर्भर बनाउने सपना देखेका किसानहरु यतिबेला राजधानीको चिसोमा सानो पालभित्र काठका टुक्रा र भुस बालेर आफ्नो पसिनाको मूल्य खोजिरहेका छन् ।

वर्षौदेखि उखुको भूक्तानी नपाएका किसान गाउँमा पुगेको सिंहदरबारले वास्ता नगरेपछि सिंहदरबाकै मुखमा आईपुगेका छन् । हप्ता दिनदेखि काठमाडौँको चिसोमा कठ्याङ्ग्रिएर बसिरहेका किसानले १ अर्ब ४० करोड भुक्तानी पाउन बाँकी छ । सरकारले दिने १ अर्ब ३४ करोड अनुदान पनि उनीहरुले पाएका छैनन् । 

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved