कृषि मन्त्रालयले भन्यो, ‘वर्खेवालिका लागि मल अभाव हुँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 12:45:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमणका कारण वर्खेवालिका लागि रासायनिक मलको अभाव नहुने सरकारको दाबी छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जेठ अन्तिम सातासम्म धानका लागि डेढ लाख मेट्रिक टन मल आवश्यक पर्ने भएपनि मौज्दात भएकाले अभाव नहुने जनाएको हो । 

मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीका पहाडमा जेठ अन्तिम साता र तराईमा असार पहिलो साताबाट धान रोपाइँ सुरू हुने र रोपेको ३ हप्तापछि टप ड्रेसिङ गर्नुपर्ने हुन्छ । यसका लागि मल आउने क्रम जारी रहेको उनको भनाई छ । 

कृषि सामाग्री तथा साल्ट ट्रेडिङले ग्लोबल टेण्डर मार्फत ल्याउन लागिएको मल कलकत्तामा आईपुगेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीका अनुसार दुई कम्पनीको २५ हजार मेट्रिक टन मल १५ दिनमा काठमाडौँ आइपुग्नेछ । ओमानबाट पनि २१ हजार ५ सय मेट्रिक टन मल ल्याउने तयारी थालिएको छ । 

साल्ट ट्रेडिङ कम्पनीमा ४५ हजार मेट्रिक टन मल मौज्दात छ । योमध्ये २४ हजार युरिया, १८ हजार डिएपी र २ हजार पोटास मल छ । ८ हजार ५ सय मेट्रिक टन गैर अनुदानित मल मौज्दात रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved