‘गण्डकी कृषि’ एप्स सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 03:00:03 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ‘गण्डकी कृषि’ नामको मोबाइल एप्स प्रयोगमा ल्याएको छ । प्रदेशअन्तर्गतका ११ वटै जिल्लाको कृषि व्यवसाय तथा मन्त्रालयको कार्यक्रमका बारेमा मोबाइल एप्सका माध्यमबाट सूचना तथा जानकारी कृषक, कृषि उद्यमी तथा व्यवसायीसम्म पुर्याउने उद्देश्यसहित एप्स प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रदेशअन्तर्गत रहेका कोल्ड स्टोर(चिस्यान केन्द्र), होमस्टे, नमूना कृषि फार्म, कृषि उद्योग, कृषि व्यवसाय, कृषिमा आबद्ध कार्यालय, नमूना गाउँका लागि प्राविधिक, बीउ उत्पादक र बजारको विवरण तथा सम्पर्क एप्समा छ ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले कृषकको हातहातमा सूचना र जानकारी पु¥याउने लक्ष्यसहित एप्स प्रयोगमा ल्याइएको बताए । “अहिलेको सूचना प्रविधिको युगमा कृषक र कृषि व्यवसायलाई प्रविधिसँग जोड्न एप्स तयार गरेका हौँ । आवश्यक सूचना तथा जानकारी संलग्न गरी कृषकलाई सहजरुपमा सूचना पु¥याउन लागिपरेका छौँ”, उनले भने ।

त्यसैगरी कृषि प्रविधि, कृषिउपज आपूर्तिकर्ता, उपज खरिदकर्ताकाबारेमा जानकारी राखिएको छ । कृषि प्रविधिअन्तर्गत तरकारी बाली, फलफूल बाली, कौसी खेती, प्राङ्गारिक खेती, च्याउ खेती र कफी खेतीको विधि, व्यवस्थापन र रोगबाट बचाउने विधिका बारेमा जानकारी समावेश छ । कृषि बीमासम्बन्धी जानकारीसमेत एप्सबाट प्राप्त गर्न सकिन्छ । 

कृषकका समस्या, आयात निर्यातको अवस्था, प्राकृतिक प्रकोपबाट हुने क्षतिको विवरण तथा मन्त्रालयका सूचना, कार्यक्रम, तालीमलगायतका बारेमा जानकारी लिन तथा सहभागिताका लागि सघाउने विश्वास मन्त्रालयको छ । सो एप्स मोबाइलको ‘प्लेस्टोर’बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved