तरकारी र दूधको आयात रोक्ने मन्त्री भुसालको योजनामा किन लाग्यो ब्रेक ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 25, 2020 | 02:56:33 PM मा प्रकाशित

laxmi  sunrise bank

तरकारी र दुग्धजन्य उत्पादनमा मूलुक आत्मनिर्भर भयो भनेर प्रचार गरिएको वर्षौ भयो । मन्त्रीसहित उच्च पदस्थ अधिकारीहरु तरकारी तथा दुग्ध उत्पादनमा आत्मनिर्भर भएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । आत्मनिर्भर भएको भए भारतसहितका देशबाट किन आयात हुन्छ ? यो प्रश्नको उत्तर न सरकारसँग छ न नीजि क्षेत्रसँग नै ।

तरकारी र दुधको आयात रोक्ने तयारी

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तरकारी र दुग्धजन्य उत्पादनको आयात रोक्ने तयारीमा छ । बैशाखदेखि नै तरकारी र दूधको आयात रोक्ने अभियानमा लागेको मन्त्रालय असारमा आइपुग्दा थकित भएको छ । तरकारी र दुग्धजन्य बस्तुहरुको आयात रोक्न कृषिमन्त्री घनश्याम भुसालले मन्त्री भएदेखि नै कम्मर कसेर लागेको देखिन्छ ।

‘कृषि मन्त्री, उद्योग मन्त्रीसहित संसदीय समितिमा पनि तरकारी र दूधको आयात बन्द गर्नेबारे छलफल भएको हो’ उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले भने, ‘कृषिले प्रस्ताव गरेपछि उद्योग मन्त्रालयले आयात रोक्न सक्ने भएकाले समितिले पनि चासो देखाएको हो, तर निर्णय भने भएन ।’ 

‘कृषि मन्त्रालयले तरकारी र दूधको माग आन्तरिक उत्पादनले नै धान्छ भनेर स्पष्ट तथ्यांक देखाउन सकेन’ उद्योग मन्त्रालय स्रोतले भन्यो, ‘आत्मनिर्भर छौँ विश्वस्त डाटा नै नभएको अवस्थामा निर्णय गर्दा भोली अभाव हुने हो की भन्ने लागेर अहिले निर्णय भएन, तर यो प्रक्रिया नै रोकिएको भने होईन ।’ 

उत्पादन, आयात र निर्यातको तथ्यांक हेरेर आत्मनिर्भर भए नभएको अनुमान गरिने भएपनि यो नै विश्वस्त आधार नभएको उद्योग मन्त्रालयले जनाएको छ ।

सबैखाले तरकारीमा आत्मनिर्भर नहुँदा समस्या

कृषि मन्त्रालयले भने सबै किसिमका तरकारीमा आत्मनिर्भर नहुँदा आयात रोक्न समस्या भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर केसीका अनुसार आत्मनिर्भर भएका तरकारी नल्याउने र हुन बाँकी ल्याउने भन्ने कुरा अपरिपक्व हुने भएकाले निर्णय नभएको हो । 

नेपालको आन्तरिक उत्पादनले धान्ने तरकारी कुनै पनि छैन । आलुको ९२ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने गरेको सरकारी तथ्यांक छ । प्याजको माग भने स्वदेशी उत्पादनले जम्माजम्मी ४५ प्रतिशत मात्रै धानेको छ । लसुनको बजार माग भने आन्तरिक उत्पादनले ६० प्रतिशत मात्रै पुग्छ ।

यी बाहेक हरियो तरकारीमा भने नेपाल करिब करिब आत्मनिर्भर रहेको मन्त्रालयका प्रवक्ता डा. केसीको भनाई छ । आयात हुँदा आन्तरिक रुपमा उत्पादन नहुने समस्या रहेकाले कृषकहरुलाई उत्पादन बढाउन लगाएर भारतीय तरकारीसँग स्वदेशी तरकारीलाई प्रतिस्पर्धी बनाउने योजना मन्त्रालयले तयार पारिरहेको उनले बताए । 

‘काउली र बन्दा नल्याउने अरु चाँही ल्याउने भन्दा राम्रो शन्देस नजाने देखियो’ डा. केसीले भने, ‘आयात हुँदासम्म उत्पादन हुँदैन भन्ने कुरा अब थाहा भईसक्यो, त्यसैले उत्पादन बढाउनेतर्फ कृषकहरुलाई प्रेरित गर्दै लैजाने र क्रमशः आयात कम गर्दै जाने नीति अनुरुप योजना बनाउँदैछौँ ।’ 

आयात र निर्यातको अनुपात भने निकै कहालिलाग्दो रहेको मन्त्रालयका अधिकारीहरु नै स्वीकार गर्छन् । ‘आयात अर्बमा हुन्छ, निर्यात करोडमा हुन्छ’ एक अधिकारीले भने, ‘यकिन फिगर भने भन्सारसँग हुन्छ ।’ 

लकडाउनकै अवधिमा पनि कटहर, पर्वल लगायतका तरकारीको आयातमा कमी आएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved